पौष १८, काठमाडौं । नेपाल कम्युनिष्ट पाटी (नेकपा) को बृहत् कार्यकर्ता भेलामा केन्द्रीय सदस्य तथा स्वास्थ्य मन्त्री कृष्णगोपाल श्रेष्ठले आँसु झार्नु भएको छ । जननेता मदन भण्डारीलाई सम्झदै उहाले आँसु झार्नु भएको हो ।

कार्यक्रममा श्रेष्ठले पुष्पकमल दाहाल (प्रचण्ड) आफैंमा दुई नाम भएकाले पुष्पकमल दाहाल हुदाँ लुम्बिनीमा परेवा उडाउन जाने उहाँ प्रचण्ड हुदा उदण्ड हुने बताउनु भयो । उहाँले नेकपाको दुई तिहाईको सरकारले मुलुकमा शुसासन दिन नेकपा एक भएकोमा सत्ताका लोभिहरुले शुसासन र स्थायी शान्ती नचाहनेले एकता टुक्काएको बताउनु भयो । प्रज्ञा भवन कमलादीमा नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीको प्रमुख आतिथ्यतामा कार्यकम भएको हो ।