• २०८३ जेष्ठ १० गते आइतवार

ओली समूहको बृहत् कार्यकर्ता भेला, प्रचण्ड-नेपाल समूह दोस्रो चरणको आन्दोलनमा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पुस १८, काठमाडौं । सत्तारूढ नेकपाको ओली समूहले आज शनिबार संघीय राजधानी काठमाडौंमा ‘बृहत् कार्यकर्ता भेला’ गर्ने भएको छ । यस समूहको काठमाडौं जिल्ला कमिटीले दिउँसो १ बजे नेपाल प्रज्ञा प्रतिष्ठान (कमलादी) मा भेला आयोजना गर्ने बताइएको छ ।

प्रतिनिधिसभा विघटनसँगै विभाजित भएको नेकपामा एक पक्षले अर्को पक्षलाइ गलत देखाउन विभिन्न हर्कत गरिरहेका छन् । प्रतिनिधिसभा विघटनविरुद्ध नेकपा (प्रचण्ड-नेपाल समूह) निरन्तर विरोधमा छ भने ओली समूह बचाउमा उत्रिएको छ । यसै क्रममा आजै प्रचण्ड(माधव समूहले देशव्यापी रूपमा दोस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गर्दैै छ ।

ओली पक्षको भेलामा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने र सँगै गृहमन्त्री रामबहादुर थापा ‘बादल’, उप-प्रधानमन्त्री ईश्वर पोखरेल लगायतले सम्बोधन गर्ने कार्यक्रम छ । उता प्रचण्ड-माधव समूहले संघर्ष समितिको बैठक बिहान ११ बजे बोलाएको छ, जसले सम्भव भएसम्म अन्य दलहरूसँग सहकार्य गरेर र नभए एक्लै संघर्षमा उत्रिने निर्णय गर्नेछ ।

अन्य दलहरूसँग संयुक्त रूपमा संघर्षका कार्यक्रम गर्ने विषयमा बुधबार केही दलसँग छलफल गरेको भए पनि कुनै सहमति नबनेपछि नेकपा प्रचण्ड(नेपाल समूह एक्लै भए पनि दोस्रो चरणको आन्दोलनमा जाने बताइएको छ । यस समूहले प्रवक्ता नारायणकाजी श्रेष्ठको नेतृत्वमा संघर्ष समिति बनाएको छ । दिउँसो ३ बजे पत्रकार सम्मेलनमार्फत आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने तयारी रहेको बुझिएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस