• २०८३ बैशाख ६ गते आइतवार

महोत्तरीमा एक महिलाको हत्या

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर १५, महोत्तरी । महोत्तरीमा एक महिलाको हत्या भएको छ । गएराति लोहारपट्टी नगरपालिका–६ की रुबि मण्डलको हत्या भएको हो । धारिलो हतियार प्रहार गरी हत्या गरिएको अवस्थामा उनको शव भेटिएको महोत्तरी प्रहरीले जनाएको छ । मृतक रुबिको श्रीमान् सुरेन्द्र मण्डल रोजगारीको क्रममा भारतमा छन् ।

घरमा सात वर्षीय छोरा र रुबि मात्रै थिइन् । राति सुतिरहेको बेला अज्ञात समूहले घरबाट बाहिर बोलाएर हत्या गरेको बताइएको छ । घटनाको विषयमा अनुसन्धान अगाडि बढाइएको महोत्तरीका प्रहरीले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस