कात्तिक १५, काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पदबाट राजीनामा दिने तयारी गरेका छन् । उनले साँझ पाँच बजे मन्त्रिपरिषद् बैठक पनि बोलाएका छन् । नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले मुख्यमन्त्रीले राजीनामा दिने तयारी गरेको जानकारी दिए ।

उनका अनुसार आजको मन्त्रिपरिषद् बैठकपछि राजीनामा दिने तयारी छ । नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता शाहीले पदबाट राजीनामा दिएपछि कांग्रेस संसदीय दलका नेता शाही कर्णालीमा मुख्यमन्त्री बन्नेछन् । कांग्रेस र माओवादीबीच कर्णालीमा आलोपालो गर्ने सहमति भएको थियो ।