• २०८३ बैशाख ५ गते शनिवार

वर्षा र बाढीले औद्योगिक क्षेत्रमा रु दुई अर्बभन्दा बढीको क्षति

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक १५, विराटनगर । अप्रत्यासित बदलावका कारण यही कात्तिक १ देखि ३ गतेसम्म परेको अविरल वर्षाका कारण आएको बाढीबाट सुनसरी–मोरङ, विराटनगर–कटहरी औद्योगिक करिडोरका उत्पादनमूलक उद्योग प्रतिष्ठानमा नराम्रो गरी प्रभाव परेको छ ।

सरोकारवाला निकायको सहभागितामा भएको कार्यक्रममा सङ्गठनका अध्यक्ष सुयश प्याकुरेलले विकास निर्माणका कार्य गर्दा स्थानीयस्तरमा विशेष गरी उद्योग व्यवसायमा पर्ने प्रभावलाई केन्द्रमा राखी गर्नुपर्ने धारणा राख्दै प्राकृतिक प्रकोपबाट उद्योगमा हुने क्षतिको न्यूनीकरणका लागि सरोकारवाला निकायको ध्यानाकर्षण गर्ने उद्देश्यका साथ बाढीपछिको प्रभाव मूल्याङ्कन सङ्गठनले गरेको जानकारी दिनुभयो ।

मोरङका प्रमुख जिल्ला अधिकारी कोषराज दाहालले पूर्वाधार निर्माणका क्रममा अध्ययन, विश्लेषणका साथै सम्बन्धित पक्षका साथ गहन छलफल गरी निर्माण कार्यलाई व्यवस्थित गर्नुपर्ने जनाउँदै आफ्नो क्षेत्रमा भइरहेको निर्माणका सम्बन्धमा नागरिकले पनि सम्बन्धित पक्षलाई खबरदारी गनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

Sharing

प्रतिक्रिया दिनुहोस