• २०८३ असार १३ गते शनिवार

प्रहरी जवान आधारभूत तालिमका ३ सय ९६ जना प्रशिक्षार्थीहरु दीक्षित

सागर थापा पढ्न लाग्ने समय : १ मिनेट

 भदौ १६, दाङ । लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र बुटवलको दीक्षान्त समारोहमा लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक डिआइजी मुकुन्द राज आचार्यले प्रशिक्षार्थीहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरे ।

उक्त तालिम केन्द्रबाट ३ सय ९६ जना प्रशिक्षार्थीहरु दीक्षित भएका छन् ।

साथै लुम्बिनी प्रदेश दंगा नियन्त्रण प्रहरी गण सुनवल नवलपरासीको दीक्षान्त समारोहमा संघीय प्रहरी ईकाई कार्यालय रुपन्देहीका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सुशिल कुमार यादवले प्रशिक्षार्थीहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभयो ।

उक्त गणबाट ९७ जना प्रशिक्षार्थीहरु दीक्षित भएका लुम्बिनी प्रदेश डिआइजी अर्यालले जानकारी दिनुभएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस