• २०८३ बैशाख २१ गते सोमवार

वाग्लुङबाट अवैध लागूऔषध सहित पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार १७, वाग्लुङ । निसीखोला गाउँपालिका-६ भिवाङ बस्ने ५६ वर्षीय कुम बहादुर बुढालाई करिब २ केजी २ सय ग्राम अवैध लागूऔषध चरेश सहित बुधबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।

कुम बहादुरको घरसँगै जोडिएको टहरोमा चरेश लुकाई राखेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय वाग्लुङ र ईलाका प्रहरी कार्यालय बुर्तिबाङबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा कुम बहादुरलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस