असार १७, पर्सा । वीरगञ्ज महानगरपालिका-१७ आइसिपि गेट नजिकबाट ५ ग्राम १ सय ८० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोईन सहित भारत विहार धुपुवाटोल बस्ने ३५ वर्षीय मन्टु पण्डित कुम्हाललाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी सिर्सियाबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।