असार १७, पाल्पा। पाल्पाको रैनादेवी छहरा गाउँपालिका –५ को वडा कार्यालय सहित विभिन्न स्थानमा गएराति अज्ञात समूहले तोडफोड गरेको छ । प्रहरीका अनुसार तोडफोडबाट लाखौंको क्षति भएको छ ।
गाउँपालिका अध्यक्ष रामबहादुर कार्कीका अनुसार मुझुङ्ग टोलमा रहेको वडा नम्वर ५ को कार्यालय, कालिका माविको कार्यालय, महिला सहकारी संस्था, हुलाक कार्यालय, कृषि सहकारी संस्थाको कार्यालय र नेत्रबहादुर कार्कीको पसल तोडफोड भएको छ । क्षतिको एकिन विवरण संकलन भइरहेको गाउँपालिकाले जनाएको छ ।
पाल्पाका प्रहरीका अनुसार जिल्ला प्रहरी कार्यालयबाट अनुसन्धानका लागि प्रहरी घटनास्थलमा पुगेका छन ।