• २०८३ जेष्ठ २ गते शनिवार

गोरखामाआफ्नै बुबाको हत्या गरेको अभियोगमा एक जना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मङ्सिर १८, गोरखा । गोरखामा आफ्नै बुबाको हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । आफ्नै ७० वर्षीय बुबा तुलाराम ढकालको हत्या गरेको अभियोगमा सिरानचोक गाउँपालिका ८ धन्सारका ४० वर्षीय भुवन ढकाललाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

सोही गाउँपालिका ८ धापेस्थित खेतमा धान झाट्ने क्रममा झगडा हुँदा भुवनले आफ्नै बुवा तुलारामलाई लाठीले हानी गम्भीर घाइते बनाएका थिए । गम्भीर घाइते भएका तुलारामको प्राथमिक स्वास्थ्य केन्द्र जौबारीमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस