जेठ १८, बाँके । नेपालगन्ज उप महानगरपालिका २३ हिरमिनिया बस्ने १८ वर्षका अशोक कुमार यदाव १९ वर्षय सराफत शेखलाई १ सय ७ पिस कोरेक्स सहित सोमबार राति प्रहरीले पक्राउ गरेको छ । नेपालगन्ज उप महानगरपालिका २३ नयाँ बस्तिबाट नेपालगन्ज ल्याउनेक्रममा विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट गएको विशेष प्रहरी टोलिले उनिहरुलाई पक्राउ गरेको हो ।

बाँकेबाट गएको विशेष प्रहरी टोलिले चेकजाँचको क्रममा दुई जनालाई पक्राउ गरेका हुन । जेठ १६ गते १०७ सिसि कोरेक्स सहित यदाव र शेखलाई पक्राउ परेको थियो । पक्राउ पछि अनुसन्धान गर्ने क्रम्मा अशोक र सराफतको वयानमा सोधपुछ गर्दा नेपालगन्ज उप महानगरपालिका २३ भज्जीपुर्वा वस्ने वर्ष ४६ को देवी प्रसाद बनिया पनि रहेको खुल्न आएको हो जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी ओम बहादुर रानाले जानकारी दिए।