जेष्ठ १७, काठमाडौं । पछिल्लो २४ घन्टामा तारकेश्वर नगरपालिकामा थप २९ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नगरपालिकामा कोरोना संक्रमितको संख्या १६२६ जना पुगेको छ । आज थप संक्रमित महिला १३ जना र पुरुष १६ जना गरि कुल १६५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
कुल संक्रमित मध्ये १०८१ जना सक्रिय संक्रमित रहेको जानकारी गराउदै हालसम्म नगरपालिकाका ३४ जनाको कोरोनाको कारण मृत्यु भएको जानकारी तारकेश्वर नगरस्वास्थ्यले गराएको छ ।
तारकेश्वर नगरपालिकाले सञ्चालन गरेको आईसोलेसनमा हाल ६ जना उपचाररत हुनुहुन्छ । यस्तै १० जना आईसोलेसनबाट निको भई घर गएका छन । नगरपालिकामा कोरोना संक्रमण दर दिनप्रतिदिन बढ्दै गएको भन्दै निषेधाज्ञाको समयमा अनावश्यक आवतजावत नगर्न, सुरक्षितसाथ घरमै बस्न नगरपालिकाले अनुरोध गरेको छ। नगरपालिकाले सामाजिक र भौतिक दूरी कायम गरि अनिवार्य रुपमा सही तरिकाले मास्कको प्रयोग गर्न अनुरोध गर्दै कोरोना रोकथामका लागि जनस्वास्थ्यका मापदण्ड पालना गरेर सहयोग गर्न नगरबासीहरुलाई अनुरोध गरेको छ ।