• २०८३ जेष्ठ १९ गते मङ्गलवार

सरकार र थारूहट संघर्ष समितिबीच ६ बुँदे सहमति

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेष्ठ १८, काठमाडौं। सरकार र थारू कल्याणकारी सभा, थारूहटरथारूवान संयुक्त संघर्ष समितिबीच ६ बुँदे सहमति भएको छ । मंगलबार सरकार र थारुहट संघर्ष समितिका तर्फबाट विभिन्न ६ बुँदे सहमति भएको हो ।

सहमतिपत्रमा टिकापुर घटनामा दोषी ठहर भएका रेशम चौधरी, धनीराम चौधरीलगायतको मुद्दा फिर्ता र रिहाईका लागि संविधान र कानून सम्मत पहल गर्ने, आन्दोलनका क्रममा महिला र असहायमाथि दुर्व्यवहार गर्नेलाई कारबाही गर्न छानिबनि गर्ने, कमैया, कमलरी संघर्ष समितिसँग विगतमा भएका सहमति कार्यान्वयन गर्ने उल्लेख छ ।

उक्त वार्ता टोली मा सरकारका तर्फबाट कानूनमन्त्री लिलानाथ श्रेष्ठ, राजन भट्टराई र भगवती चौधरी रहेका छन् भने थारु समितिबाट रुकमिणी चौधरी, प्रमिलाल चौधरी, पद्मनारायण चोधरी, प्रभात चौधरी र चन्द्रप्रसाद चौधरी रहनुभएको छ ।

Open Photo

Open Photo

Sharing

प्रतिक्रिया दिनुहोस