• २०८३ असार १६ गते मङ्गलवार

विभिन्न हातहतियार सहित मानिसहरु पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

वैशाख १८, काठमाडौं । प्रहरीले कैलाली, लम्कीचुहा नगरपालिका-२ मोतीपुर बस्ने १९ वर्षीय निसान भन्ने दिपक मल्ल समेत ५ जनालाई १ थान कटुवा पेस्तोल, १९ ट्याब्लेट नियन्त्रित लागूऔषध नाईट्राभेट, ५ ट्याब्लेट ट्रामाडोल, ५ ट्याब्लेट एभिल र ४ थान मोबाइल सहित शुक्रबार दिउँसो पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले सोही ठाउँ बस्ने काषिराम देवकोटाको घरमा लुकीछिपी बसेको अवस्थामा उनीहरुलाई उक्त पेस्तोल र लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

यस्तै पाँचथर, फालेलुङ गाउँपालिका-७ बस्ने ३६ वर्षीय कुबेर राईलाई १ थान भरुवा बन्दुक सहित शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरबाट खटिएको प्रहरीले राईको घर तलासी गर्ने क्रममा उक्त बन्दुक फेला पारी उनलाई पक्राउ गरेको हो ।

प्रहरीले स्याङजा, हरिनाश गाउँपालिका-३ कुसिनडाँडास्थित जङगलमा वेवारिसे अवस्थामा रहेको ३ थान एकनाले भरुवा बन्दुक शुक्रबार दिउँसो बरामद गरेको छ । विशेष सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय चिसापानीबाट खटिएको प्रहरीले उक्त बन्दुक फेला पारी बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

https://khabar24nepal.com/05/01/2021/69579

Sharing

प्रतिक्रिया दिनुहोस