• २०८३ जेष्ठ ३ गते आइतवार

नगद लुटपाट गरेको अभियोगमा पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत १९, काठमाडौं । काठमाडौं महानगरपालिका-२२ खिचापोखरीस्थित ग्लोबल जिप्याङ टुअर एण्ड ट्राभल नामक आएमईका कर्मचारी दिपक मल्लको साथबाट नगद ६ लाख रुपैयाँ लुटपाट गरेको अभियोगमा काठमाडौं नयाँबानेश्वर बस्ने दाङ लुल्सीपुर घर भएका १७ वर्षीय किशोर लगायत ४ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

उक्त आएमईमा अपरिचित ब्यक्तिहरुले धारिलो हतियार खुकुरी देखाई कर्मचारीको साथबाट उक्त नगद लुटी लगेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले लुटपाटमा संलग्न उनीहरुलाई नगद ५९ हजार ७ सय रुपैयाँ सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस