चैत १९, एजेन्सी। भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ७२ हजार ३३० संक्रमित फेला परेका छन् । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार उक्त अवधिमा थप ४५९ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
भारतमा हालसम्म कोरोना संक्रमितको संख्या एक करोड २२ लाख नाघेको छ । एक लाख ६२ हजारभन्दा बढीको कोरोना संक्रमणबाट मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा महाराष्ट्रमा मात्र ३९ हजारभन्दा बढी नयाँ संक्रमित फेला परेका छन् । त्यस्तै कर्नाटक छत्तीसगढमा पनि चार हजारभन्दा बढीमा कोरोना संक्रमण देखिएको छ ।
भारतमा केही समययता कोरोना संक्रमण निरन्तर बढ्दो छ । विशेषज्ञहरुले भारतमा मानिसहरुले कोरोना संक्रमण नियन्त्रणको आवश्यक मापदण्ड पालना नगरेको कारण अहिलेको अवस्था सिर्जना भएको बताएका छन् ।