• २०८३ बैशाख १७ गते बिहिवार

प्रचण्डको पुनरावलोकन मुद्दा प्रधानन्यायाधीको आफ्नै इजलासमा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत १९,काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी छुट्याएर एकीकरणअघिको अवस्थामा पुर्‍याइदिने सर्वोच्च अदालतको फैसलाविरूद्ध माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिएको पुनरावलोकन निवेदनमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले आफ्नै इजलासमा राखेर सुनुवाइ गर्न लाग्नुभएको छ ।

सर्वोच्च अदालतका अनुसार प्रचण्डको पुनरावलोकन मुद्दामा आज प्रधानन्यायाधीश राणा, न्यायाधीशहरू तेजबहादुर केसी र प्रकाशकुमार ढुंगानाको इजलासले सुनुवाइ गर्दै हुनुहुन्छ । आजको इजलासले उक्त फैसला पुनरावलोकन गर्न स्वीकृति दिने वा नदिने निर्णय गर्ने छ ।

नेकपा आफ्नो पार्टीको नाम भएको भन्दै ऋषिराम कट्टेलले दिएको रिटमा न्यायाधीश बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले फागुन २३ गते एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपालाई एकीकरण पूर्वको अवस्थामा फर्काइदिने फैसला गरेको थियो ।

नामको विवाद भए नाम फेर्न मौका दिनु पर्नेमा एकीकरण नै उल्ट्याउने फैसला अन्यायपूर्ण, संविधान र नजिरविपरीत भएको भन्दै प्रचण्डले पुनरावलोकन हुनु पर्ने जिकिर गर्नुभएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस