फागुन १७, काठमाडौं । महानगरीय प्रहरी परिसर, काठमाडौंले कुलेश्वरबाट १८ लाख रूपैयाँ भन्दा बढी रकमसहित हुन्डी कारोबार गरेको आरोपमा तीन जना पक्राउ गरेको छ । आइतबार साँझ पौने ५ बजे काठमाडौं महानगरपालिका(१४ कुलेश्वर फलफूल बजारबाट तीन जनालाई पक्राउ गरेको हो ।

प्रहरी उपरीक्षक रमेश बस्नेतका अनुसार कुलेश्वर फलफूल बजारमा हुन्डी कारोबार भइरहेको भन्ने प्रहरीले सूचना पाएको थियो। सोही सूचनाको आधारमा खटिएको टोलीले तीन जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा नुवाकोट बिदुर नगरपालिका(१३ घर भई हाल कुलेश्वरमा फलफूल पसल सञ्चालन गरिरहेका ३७ वर्षीय नवराज कार्की, दुप्चेश्वर गाउँपालिका(६ घर भई तार्केश्वर नगरपालिका( १० बस्ने २४ वर्षीय सुमन थापा र भारत बिहार बेतिया घर भई कुलेश्वर बस्ने ५६ वर्षीय सत्यनारायण प्रसाद छन्।
उनीहरूबाट प्रहरीले १८ लाख ७८ हजार बरामद गरेको छ। उनीहरूमाथि महानगरीय प्रहरी वृत्त, कालिमाटीले थप अनुसन्धान अघि बढाएको छ।