मंसिर १८, काठमाण्ड़ौ । ज़िल्ला कमिटी सदस्य तथा क्षेत्र नं ७ प्रतिनिधि सभा सदस्य माननीय रामबीर मानन्धर शहरी बिकास राज्यमन्त्रीमा नियुक्त हुनु भएकोमा नेकपा तार्केशेवरले पार्टी कमिटीको तर्फबाट बधाई तथा शुभकामना कार्यक्रम हुनलागेको छ ।
बधाई तथा शुभकामना कार्यक्रम मंसिर १९ गते बिहिवार बिहान ८ बजे तार्केश्वर नगरपालिका वडा न ३ मा रहेको कालिका शरण माध्यामिक विध्दालयमा कार्यक्रम हुने तार्केश्वर न.पा वडा न ३ का युवा संगठनका नेता पवन गजुरेलले बताए ।
काठमाडौं क्षेत्र नं. ७ बाट संविधान सभा निर्वाचन र प्रतिनिधी सभामा निर्वाचनमा निर्वाचित सांसद मानन्धर विकासप्रेमी सांसदका रुपमा चिनिन्छन । आफ्नो विकास बजेटको रकम के कति विनियोजित भयो र के कति काम भयो भनेर किताव नै प्रकाशित गरेर चर्चामा आएका सांसद मानन्धर वडा अध्यक्ष हुदैं मन्त्रीसम्म बन्न सफल भएका हुन ।