• २०८३ भाद्र १९ गते शुक्रवार

योगेश भट्टराई सवार गाडीले साइकलयात्रीलाई दियो ठक्कर

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फाल्गुण १७, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड नेपाल समुहका नेता एवम् पूर्वमन्त्री योगेश भट्टराई सवार गाडीले एक साइकल यात्रीलाई ठक्कर दिएको छ । आइतबार जनकपुरबाट हेटौडातर्फ आउदै गर्दा रौतहटको चन्द्रनिगाहापुरमा नेता भट्टराई सवार ज १ झ ४२७ नम्बरको गाडिले ठक्कर दिँदा ५५ वर्षीय इन्द्रप्रसाद घिमिरे घाइते भएको छन् ।

करिब ७ बजेतिर साईकलमा सवार रहेका घिमिरेलाई ठक्कर दिएको प्रहरीको भनाइ छ । घिमिरेको स्थानीय अस्पतालमा उपचार असम्भव भएपछि काठमाडौं रेफर गरिएको बताइएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस