• २०८३ जेष्ठ १ गते शुक्रवार

थप १५९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २ लाख ७१ हजार १ सय १८ जना

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ १९, काठमाडौँ। थप १ सय ५९ जनामा कोरोना संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या २ लाख ७१ हजार १ सय १८ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म नेपालमा आजसम्म सक्रिय संक्रमितको संख्या २ हजार ४ सय ८९ जना रहेको छ ।

मन्त्रालयका अनुसार आज २ सय ६४ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या २ लाख ६६ हजार ६ सय जना रहेको छ । आज कसैको पनि मृत्यु भएको छैन । २ जनाको नेपालमा मृत्यु हुनेको संख्या २ हजार २७ जना पुगेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस