• २०८३ जेष्ठ २१ गते बिहिवार

हिलोमा हिड्ने गरेका दलितहरुको पाईला मेटाए समाजसेवि : बोहोरा

खड्क सुनार पढ्न लाग्ने समय : २ मिनेट

माघ १९, मुगु । हिमाली जिल्ला मुगुका एक समाजसेवि युवाले सदरमुकाम गमगढी बजारको छेउमा रहेको एक दलित बस्तिमा हिलोमा हिड्ने गरेका दलितहरुको समस्या लाई पाईला मेटाउने प्रयास गरेका छन् । जिल्लाको छायानाथ रारा नगरपालिका वडा नं १३ थार्प गाउका समाजसेवि अक्कल बोहोराले सोही वडाकै रुगा गाउको दलित बस्तिमा गाउँको बाटो आरसिसि(ढलान) गरि दिएका हुन ।

आफ्नो देश लाई जन्म थलो गरि विदेशि मुलुक हाल स्पेनमा कर्म थलो अर्थात बस्दै आएका समाजसेवी बोहोराले दलित वस्तीमा आरसिसि गरि दिएको बताए । समाजसेवि बोहोराले भने यो दलित बस्तिको गाउमा २ किलोमिटर बाटो सिमेन्टले आरसिसि गरिदिएको बताए । १ सय २० घरधुरी रहेको रुगा गाउँमा बाटो आरसिसि र आफु जन्मेको थार्प गाउँमा एक घर एक घारा निर्माण र आफनी आमा गोरी बोहोराको सम्झनामा कर्णाली नदीमा शवदाह गृह निर्माण गरेको जानकारी दिए ।

अमेरिका बाट १६ कट्टा सिमेन्ट सहयोग 
छायानाथ रारा नगरपालिका वडा नं १३ का रुगा र थार्प गाउको थार्प मष्टा देवताको लागि यस कार्यमा थोरै भए पनि घाउमा मलम लागोस भन्ने उद्देश्यले अमेरिकामा बस्दै आएका बोहोराका साथी दिपक रावतले १६ कट्टा सिमेन्ट सहयोग गरेको बताए । उनले भने मेरो यो काम गरेको देखे पछि थोरै भए पनि म त्यो गाउको लागि केही थोरै भएता पनि सहयोग गर्छु भन्ने मनसाय रहेको हुदा साथी रावतले पनि सहयोग गरेको बोहोराले भने ।
अक्कल बने स्थानीय बासिको राजा 
रुगा र थार्प गाउका स्थानीयले यहाका नेता , राजनितिक दल , सँगै उच्च पदस्तमा बसेका राजा, प्रधानमन्त्री भन्दा पनि समाजसेवि अक्कल बोहोरा लाई स्थानीयले राजा सरह ठानेका छन् । देशमा ३ तहको सरकार सञ्चालन भएको करिब ३ वर्ष बितिसक्दा पनि हाल सम्म जनताका माग अनुसार कुनै पनि काम नगरेको स्थानीयको भनाई रहेको छ ।

चुनावका बेला विभिन्न प्रकारका प्रलोभन , आस , भरोसो , लाञ्छना लगाएका नेताहरुले चुनाव जिति गई सके पछि जनताका पिडा मर्का बुझ्न एक नजर पनि नमारेको छायानाथ रारा नगरपालिका वडा नं १३ रुगा गाउका स्थानीय जयखर लावडले बताए ।
उनले भने हाम्रो नजिजको स्थानीय सरकार छायानाथ रारा नगरपालिका रहेको छ तर यस नगरपालिकाले हाम्रा माग अनुसार कुनै पनि काम नगरेको उनको आरोप छ । बोहोरा पुर्वराष्ट्रिय धावक सँगै नेपाल समाज ऐसोसियसन (स्पेनका) कोष्टा ब्लान्का स्पेनका अध्यक्ष समेत हुनुहुन्छ ।

Sharing

प्रतिक्रिया दिनुहोस