माघ १९, काठमाडौँ। आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन ५ सयले बढेर प्रतितोला ९२ हजार ६ सयमा कारोबार भईरहेको छ भने यस्तै तेजावी सुन तोलामा ९२ हजार १ सयमा कारोबार भएको छ ।
त्यस्तै आज चाँदीको मूल्य ८० रुपैयाँले बढेर तोलाको १४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।