माघ १९, काठमाडौँ। राष्ट्रिय महिला लिग फुटबलमा आज दुई खेल हुँदै छन् । आजको पहिलो खेलमा विराटनगर महानगरपालिका र त्रिभुवन आर्मी क्लब खेल्दै छन् ।
खेल बिहान साढे ११ बजे एन्फा कम्प्लेक्स सातदोबाटोमा हुनेछ । विराटनगर तालिकाको सातौं स्थानमा छ । यस्तै आजै हुने अर्को खेलमा एपीएफ क्लब र उदयपुरको चौदण्डीगढी नगरपालिका खेल्दै छन् । खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा नै दिउँसो साढे २ बजे हुनेछ । प्रतियोगिता अन्तर्गत हिजो भएको खेलमा नेपाल पुलिस क्लबले चन्द्रपुर नगरपालिकालाई ३–१ गोल अन्तरले हराएको थियो ।