• २०८३ जेष्ठ २ गते शनिवार

बेलायतमा एकै दिन ५५ हजार बढीमा कोरोना संक्रमित

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष १७, एजेन्सी। बेलायतमा एकै दिन झन्डै ५६ हजार नयां कोरोना संक्रमित थपिएका छन् । ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’का अनुसार गएको २४ घन्टामा थप ५५ हजार ८९२ जना नयाँ संक्रमित थपिएका छन् ।

यससंगै बेलायतमा कोरोना संक्रमितको संख्या पनि २४ लाख ८८ हजार ७८० पुगेको छ । यसैगरी पछिल्लो २४ घन्टामा थप ९६४ जना कोरोना सनाक्रमितको मृत्यु भएको छ । हिजो बुधबार ९८१ जना संक्रमितको मृत्यु भएको थियो ।

यो संख्या बेलायतमा कोरोना संक्रमणको दोस्रो लहर शुरु भएपछिकै सबैभन्दा उच्च हो । बेलायतमा हालसम्म कोरोना संक्रमणका कारण ७३ हजार ५१२ जनाको ज्यान गैसकेको सरकारी तथ्याँकले देखाएको छ । पछिल्लो २४ घन्टामा मात्र दुई हजार ४३३ जना कोरोना संक्रमित अस्पताल भर्ना भएका छन् ।

हाल बेलायतका अस्पतालमा २३ हजार भन्दा बढीको उपचार भैरहेको छ भने एक हजार ८४७ जनाको भेन्टिलेटर बेडमा उपचार भैरहेको छ । बेलायतमा हालसम्म ९ लाख ४४ हजार ५३९ जनालाई फाइजर(बायोएनटेकद्वारा विकसित खोप दिइसकेको सरकारी तथ्यांकमा उल्लेख छ ।

Sharing

प्रतिक्रिया दिनुहोस