• २०८३ जेष्ठ ८ गते शुक्रवार

रन्जित तामाङले आलोचना गर्नेलाई कुकुर भने पछि

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ १५, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को शक्तिशाली भातृ संगठन अनेरास्ववियुका सह – संयोजक रन्जित तामाङको टेलिफोन संवाद अहिले चर्चामा आएको छ । आफ्नै संगठनका नेतालाई गाली गलौज दिईएको उक्त संवादमा संयोजक तामाङले कुकुर भन्दै ढाँड भाच्ने सम्मको धम्की दिएका छन । उनले आफ्नो सामाजिक संजालमा लेखिएको पोष्टमा कमेन्ट गरेको आधारमा फोन गरि धम्की दिएका हुन ।


टेलिफोनमा भएको दोहोरो संवादमा आफ्नो फेसबुक पोष्टमा किन जे पायो त्यहि कमेन्ट गरेको भन्दै उनले नेपाल ल क्याम्पस भित्र छिर्न नदिने सम्मको धम्की दिएका छन । आफ्नै संगठनको जिम्मेवार व्यक्तीको यस  किसिमको धम्की पछि संगठन भित्र कुन किसिमको विधि विधान ल्याउन खोजेको भन्दै बहस सुरु भएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस