• २०८३ कार्तिक २७ गते बिहिवार

नाव नजिकिएसँगै निर्वासनमा रहेका तिब्बतीहरु लोकतन्त्रको प्रयोग गर्दै

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन १६,काठमाडौँ। निर्वासनमा रहेका तिब्बतीहरु नयाँ चुनावका लागि तयारी गरिरहेका छन् । सन् २०११ पछि तेस्रो पटक हुन लागेको यस निर्वाचनबाट नयाँ नेता चयन गर्नका लागि भारतमा निर्वासनमा रहेको तिब्बती सरकारले यस्तो तयारी थालेका हुन् । हाभर्डमा अध्ययन गरेका लाबसाङ साङ्गेले दुई वर्षको कार्यकाल नेतृत्व गरेका भने उनी सेन्ट्रल तिब्बत एड्मिनिस्ट्रेसनको रुपमा अवकाश लिँदैछन् । उनको कार्यकाल सन् २०२१ को सुरुआतमा सकिने भएको छ ।

अहिलेसम्म कसैले पनि आगामी नेतृत्वका लागि उम्मेदवारी भने प्रस्तुत गरेका छैनन् । निर्वासनमा रहेको तिब्बती संसदका सभामुद ग्यारी डोल्मा सम्भावित उम्मेदवारको रुपमा रहेको बताइएको छ । त्यसैगरी निर्वासित गृहमन्त्री द्रोङचुङ नोगदुप, अर्थमन्त्री लोब्साङ न्यादक, सामदोङ रिम्पोचे, आचार्य यसी फुनसोकलगायतका रहेको जनाइएको छ ।

केही निर्वासनमा रहेका तिब्ती समुदायहरुले कोरोना भाइरसको सम्भावित प्रभावका बारेमा ध्यानाकर्षण गराएका छन् । भारत, युरोप, उत्तर अमेरिका र अन्य क्षेत्रमा भएका तिब्बतीहरुले कोरोना प्रतिबन्धका कारण भोटिङमा पर्नसक्ने प्रभावका बारेमा सचेतसमेत गराएका छन् । हामी आशावादी छौं कि विश्वभर रहेका तिब्तीयन डायसपोरामा समयमै आम निर्वाचन सम्पन्न हुनेछ, तिब्बती प्रमुख निर्वाचन आयुक्त वाङदेउ छिरिङ पेसुरले बताए ।

Sharing

प्रतिक्रिया दिनुहोस