चैत १८, हेटौंडा । बागमती प्रदेश सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषका लागि हेटौंडा औद्योगिकक्षेत्रमा रहेको गोर्खा लाहारी ले १०लाख सहयोग रकम हस्तान्तरण गरेको छ। यसैगरी, गोर्खा लाहारीले एक लाख रूपैयाँ जिल्ला विपद कोषमा प्रदान गरेको छ।

कम्पनीका संचालक बजरङ्ग सिंह तवरले जिल्ला समन्वय प्रमुख रघुनाथ खुलाललाई एक लाख रूपैयाँको चेक पनी हस्तान्तरण गरे। महामारीका रूपमा फैलिएको कोरोना भाइरस सङ्क्रमण नियन्त्रणमा सरकारलाई विभिन्न क्षेत्रका संघसंस्थाहरूले सहयोग गरेको भन्दै मुख्यमन्त्री पौडेलले धन्यवाद दिए। विश्वभरी नै आतंक फैलाएको यो रोग नियन्त्रणमा हरेक क्षेत्रको उत्तिकै भूमिका हुने उनले बताए।
