• २०८२ चैत्र २९ गते आइतवार

दैनिक ज्याला मजदुरी गरी जिविकोपार्जन गर्ने १० परिबारलाई बिद्यालयको सहयोग

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट
चैत १८, काठमाडौं । काठमाण्डौको स्वयम्भू क्षेत्रमा दैनिक ज्याला मजदुरी गरी जिविकोपार्जन गर्ने १० परिबारलाई राहत स्वरुप दैनिक उपभोग्य बस्तु वितरण गरिएको छ ।
स्बयम्भूमा रहेको द एक्सेल्सियर स्कुलले लक डाउनको कारण रोजगारी गर्न नपाएका र यस बाट प्रत्यक्ष असर परेको ज्याला मजदुरी गर्ने अति बिपन्न परिवारलाई राहत स्बरुप चामल , दाल नुन साबुन तेल चिउरा लगायतका खाध्य सामग्री सहयोग गरिएको बिद्यालयका
निर्र्देशक राम बस्नेतले जानकारी दिनु भयो । कोरोना भाईरसको जोखिम कम गर्न नेपाल सरकारले गरेको लक डाउनबाट ज्याला मजदुरी गर्नेको दैनिकी कष्टकर बन्दै गएको बेला बिद्यालय ले सहयोग गरेको हो ।

Sharing

प्रतिक्रिया दिनुहोस