मंसिर १५, काठमाडौँ । थप १४ सय ७४ जनामा कोरोना संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या २ लाख ३३ हजार ४ सय ५२ जना पुगेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म नेपालमा आजसम्म सक्रिय संक्रमितको संख्या १७ हजार ४ सय २३ जना रहेको छ ।
मन्त्रालयका अनुसार आज १९ सय ३१ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या २ लाख १४ हजार ५ सय २१ जना रहेको छ । आज २९ जनाको मृत्यु भएसंगै मृत्यु हुनेको संख्या १५ सय ८ जना पुगेको छ ।