• २०८३ बैशाख ११ गते शुक्रवार

सिरहा र सप्तरीमा धान उत्पादनमा वृद्धि

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर १५,काठमाडौं। सिरहा र सप्तरीमा यस वर्ष धान उत्पादनमा वृद्धि भएको छ । समयमा वर्षा भएको, मौसम अनुकूल भएको र रोग किराको प्रकोप कम भएकाले यस वर्ष धान उत्पादनमा वृद्धि भएको हो । यस वर्ष सिरहामा ५४ हजार हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर तीन मेट्रिक टनका दरले एक लाख ६२ हजार मेट्रिक टन धान उत्पादन भएको कृषि ज्ञान केन्द्र सिरहाका निमित्त प्रमुख किसुनदेव यादवले जानकारी दिनुभयो ।

 सप्तरीमा ६३ हजार हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर तीन मेट्रिक टनका दरले एक लाख ८९ हजार मेट्रिक टन धान उत्पादन भएको निमित्त प्रमुख यादवले बताउनुभयो । गत वर्ष प्रतिहेक्टर दुई दशमलव ४५ मेट्रिकका दरले धान उत्पादन भएको थियो ।

यस वर्ष मौसम अनुकूल भएको, रोगकिराको प्रकोप कम भएको र समयमै पर्याप्त वर्षा भएकाले धान उत्पादन बढेको उहाँको भनाइ छ । सिरहामा सोना मन्सुरी, कान्छी, राधा १२, सावित्री, रामधान, आदि वास्मतीलगायतको धान व्यापकरूपमा लगाउने गरिएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस