• २०८३ बैशाख २९ गते मङ्गलवार

नुवाकोटमा मोटरसाइकल दुर्घटना एकको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर १५, नुवाकोट । आइतबार राति मोटरसाइकल दुर्घटना हुँदा नुवाकोटको तारकेश्वर गाउँपालिका–६ का नेकपाका नेता रामबहादुर तामाङको मृत्यु भएको छ।तारेकश्वर गाउँपालिका–१ दाङसिङबाट आफ्नो घर डाँडाखर्कतर्फ फर्कने क्रममा छागेखोलास्थित भिरमा मोटरसाइकल दुर्घटना हुँदा ५५ वर्षीय तामाङको घटनास्थलमा नै मृत्यु गएको हो।

जिल्ला प्रहरी कार्यालयका प्रमुख तुलबहादुर कार्कीका अनुसार दाङसिंह–डाँडाखर्क सडकखण्डको छागेखोला भिर भन्ने स्थानमा तामाङ चढेको बा२७ प ८६५८ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा उनी करिब दुई हजार ५०० मिटर तल खसेका थिए। दुर्घटनापश्चात् मोटरसाइकल सडक छेउमै अड्किएको भए पनि तामाङ भने भिरबाट खसेकाले घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ।

Sharing

प्रतिक्रिया दिनुहोस