• २०८३ जेष्ठ १७ गते आइतवार

म्याग्दीमा जीप दुर्घटना

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक १४, म्याग्दी । म्याग्दीमा शुक्रबार जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो । भने ११ जना घाइते भएका छन् ।
रघुगंगा गाउँपालिका ६ को ठाडाखानीबाट सदरमुकाम बेनीतर्फ आउँदै गरेको ध १ ज ८९६ नम्बरको जीप बेनी–जोमसोम सडकखण्डको गलेश्वर नजिकै दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

जीप दुर्घटनामा परेर ज्यान गुमाउनेमा अन्नपूर्ण गाउँपालिका २ को भूरुङ–तातोपानीकी १० वर्षीया बालिका रिया विक रहेको बेनी अस्पतालका सूचना अधिकारी प्रकाश सुवेदीले जानकारी दिनुभयो । दुर्घटनामा घाइते भएका रघुगंगा ६ को पाखापानीका ३० वर्षीय चालक नन्दलाल छन्त्याल, आठ वर्षीया दीक्षा शेरपुजा र बेनी नगरपालिका ८ को बेनीका ४२ वर्षीय दलप्रसाद गौचनलाई थप उपचारका लागि पोखरा रेफर गरिएको सूचना अधिकारी सुवेदीले बताउनुभयो ।

त्यस्तै अन्नपूर्ण २ को भूरुङ–तातोपानीकी टकमाया विक, रघुगंगा ६ को पाखापानीका ३० वर्षीय वसन्त छन्त्याल, ५० वर्षीया अप्सरा पाईजा, २० वर्षीया सिर्जना शेरपुजा, ४० वर्षीया ठककुमारी शेरपुजा, १४ वर्षीया दिवा शेरपुजा, माया छन्त्याल र सात वर्षीया इच्छा शेरपुजा घाइते भएको प्रहरी निरीक्षक ९इन्सपेक्टर० डाक्टरप्रसाद चौधरीले बताउनुभयो ।

घाइतेहरुको अहिले बेनी अस्पतालमा उपचार भइरहेको छ भने गम्भीर घाइते भएकालाई थप उपचारका लागि पोखरा रिफर गरिएको छ । घाइतेहरुको हातखुट्टा, मेरुदण्डलगायत शरीरको विभिन्न भागमा चोट लागेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस