कार्तिक १४, काठमाडौँ। चन्द्रागिरी नगरपालिका ४ कोत घरस्थित ४६ बर्षीय धनसिंह गोपालीको घरमा तास खेलिरहेको अवस्थामा १० जनालाई प्रहरीले प्रक्राउ गरेको छ ।
महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख ३३ हजार ७५ रुपैयाँ र ६ बुक तास सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।