कार्तिक १४, काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोलीका चार खेलाडीलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । अखिल नेपाल फुटबल सङ्घ एन्फाले बिहीबारदेखि प्रशिक्षणमा बोलाएका ३४ खेलाडीमध्ये चार जना कोरोनाबाट सङ्क्रमित भएका हुन् ।
कोरोना देखिएका चार जना खेलाडी सेल्फ आइसोलेशनमा बसेका एन्फाले जनाएको छ । नेपालले बङ्गलादेशसँगको मैत्रीपूर्ण खेलका लागि हिजोदेखि प्रशिक्षण सुरु गरेको हो ।
त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा सुरु भएको प्रशिक्षणमा ३० खेलाडी उपस्थित छन् । नेपालले बङ्गलादेशसँग बङ्गबन्धु रङ्गशालामा पहिलो मैत्रीपूर्ण खेल आउँदो कात्तिक २८ गते तथा दोस्रो मैत्रीपूर्ण खेल मङ्सिर २ गते खेल्ने तय भएको छ । एन्फाले खेलाडीलाई त्रिपुरेश्वरमा रहेको वर्ल्ड ट्रेड सेन्टरमा राखेको छ ।