• २०८३ बैशाख १३ गते आइतवार

लागुऔषध खैरो हिरोईन ब्राउनसुगर सहित २ जना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज१४, झापा । झापाको बिर्तामोड स्थित शैनिकमोडबाट लागुऔषध खैरो हिरोईन ब्राउनसुगर सहित २ जना पक्राउ परेका छन ।  पक्राउ पर्नेमा झापा कचनकवलका २२ बर्षीय सुदम राजवंशी र सोही स्थानका ३९ बर्षीय नर बहादुर राजवंशी रहेका छन ।

 मंगलबार साँझ साढे ६ बजे विशेष सुराकका आधारमा खटिएको प्रहरी टोलीले उनिहरुलाइ नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । नियन्त्रण पश्चात उनिहरु उपर चेकजाँच गर्दा प्लाष्टिकमा पोको पारेर राखिएको अवस्थामा १३ ग्राम ब्राउनसुगर फेला पारी बरामद गरिएको उक्त कार्यालयले जनाएको छ ।

साथै उनिहरुको साथबाट नगद ९ हजार रुपैंया समेत फेला पारी बरामद गरिएको छ भने पक्राउ परेका दुबै जनालाई ईलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान तथा कानुनी कारबाही अगाडी बढाईएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस