भदौ १४, काठमाडौ । तारकेश्वर नगरपालिका वडा नं २ काभ्रेस्थलीमा एकै परिवारमा ४ कोरोना पुष्टी भएको छ । पद्मशाल टोल अन्र्तगतको एकघर परिवारलाई कोरोना संक्रमण भएको हो ।

एकै परिवारमा ४ जनालाई कोरोना पुष्टी भएपछि वडा नं २ का वडा अध्यक्ष रबिन्द्र के.सीको नेतृत्वमा स्थानिय समाजसेवी , स्वास्थ शाखा प्रमुख ,धर्मस्थलि चौकीका प्रतिनिधि ,पद्मशाल टोलशुधार समितिका अध्यक्ष सहितको टोलीले पद्मशामन रहेको घर तथा चर्च शिल गरिएको छ ।
सो स्थानमा संक्रमण देखीएसंगै कन्ट्रयाक ट्रेसीङ्ग गरि थप सुरक्षा सर्तकता अपनाउने वडा अध्यक्ष रबिन्द्र के.सीले बताए ।