भदौ १४, धनुषा । मिथिलाबिहारी नगरपालिकामा गरीब, मजदूरहरुको लागी राहतको कुनै बेवस्था नगरेकोले सरकरकोको बिरोधमा राष्ट्रीय एकता अभियानद्वारा प्रदर्शन गरिएको छ। गरीब मजदूर हरुको लागी अबिलम्ब सरकारले राहत को बेवस्था गर्न को लागी गरिएको प्रदर्शनको नेतृत्व मिथिलाबिहारी नगरपालिका का संयोजक ओमप्रकाश मण्डल ले गरेका र्थिए।

“१२ किलो चामलमा ६ महिना कसरी धान्ने ?”, “पार्टीको झगडा पछि सरकार, हाललाई मजदूर र किसानलाई राहत सरकार”, “सन्क्रमित भेटाउने खर्च १ लाख ४ हजार,जनता के बेकुफ हो सरकार ?”, “जनता कहिलेसम्म लाचार,सबैलाई निशुल्क पिसिआर”, कुर्सी हैन, जनता जोगाउ, राष्ट्रीय एकता अभियान, जिन्दावादको नाराका साथ प्लेकार्ड लिएर गरिएको प्रदर्शनमा स्थानीय अभियान्ता ओमप्रकाश साह, रुपेश यादव, राकेश मंडल, गणेश साह, संतोष साह, अशोक साह, प्रदीप साह, नितीश यादव, सरोज यादव, सत्य देव साह, दीपेन्द्र साह, शिव साह लगायतको उपस्थिति रहेको थियो।
