• २०८३ जेष्ठ १६ गते शनिवार

सर्वसाधारणले मास्क प्रयोग गर्न छाडेपछि कीर्तिपुर प्रहरीको “मास्क सबैले लगाउ अभियान”

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

श्रावण १५ , काठमाडौं । महानगरीय प्रहरी वृत्त कीर्तिपुर, सामुदायिक प्रहरी सेवा केन्द्र कीर्तिपुर र सामुदायिक प्रहरी सेवा केन्द्र ट्याङ्लाफाँटको संयुक्त आयोजनामा कीर्तिपुर नगरपालिकाका विभिन्न एरियाहरुमा निम्नानुसारका नाराहरु सहित गरिएका माईकिङ तथा जनचेतनामूलक कार्यक्रमकाहरु सम्पन्न भएको छ ।

कोरोना भाइरस संक्रमण रोकथाम तथा न्यूनिकरणका लागि लकडाउन कार्यान्वयन भएसँगै सुरुवाती दिनहरुमा सर्वसाधारण जति सजग थिए लकडाउन खकुलो भएसँगै उति लापरवाही बढ्न थालेको प्रहरी उपरिक्षक रुकेश तण्डुकारले बताउनु भयो । अधिकांश नागरिकहरु प्रहरीलाई देख्दा मात्रै मास्क लगाउने प्रवृत्ति यथावत् रहेकाले सर्वसाधरणमा मास्क अनिवार्य लगाउन बानी गर्नका लागि ‘मास्क सबैले लगाउ’ अभियान सुरु गरिएको भनाइ छ । कीर्तिपुरका प्रहरी उपरीक्षक रुकेश तण्डुकारले भन्नुभयो -‘केहि समय हामी उहाँहरुलाई सम्झाई, बुझाई गर्छौ ,मास्क नभएकालाई निशुल्क मास्क पनि वितरण गर्ने गर्दछौ, मास्क नलगाउनेलाई केहि समय होल्ड गराएर प्रशिक्षण पनि दिने गर्छौ ।

प्रहरीले सचेतना फैलाउने क्रममा मास्क प्रयोग नगर्नेहरूलाई नियमित मास्क प्रयोग गर्न आग्रह गर्दै निःशुल्क मास्क वितरण पनि गरेका थिए । अभियानको पहिलो दिन बजारमा मास्क नलगाई निस्किएका सयभन्दा बढी मानिसलाई मास्क वितरण गरेको कीर्तिपुरका प्रहरी उपरीक्षक रुकेश तण्डुकारकरले जानकारी दिनुभयो ।

Sharing

प्रतिक्रिया दिनुहोस