असार १६, काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधव नेपाल र झलनाथ खनालद्धारा एकैस्वरमा केपी शर्मा ओलीको पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजीनामा माग गरेका छन् । आफ्नै पार्टीका प्रधानमन्त्रीलाई हटाउन शिर्ष सबै नेता एकजुट भएको नेपालको इतिहासमै संभवत यो पहिलो हो ।
०७६ साल चैत २४ अगावै प्रधानमन्त्री परिवर्तन गर्ने र दाहाल मात्र पार्टी अध्यक्ष वन्ने अन्तिम चरणको गृहकार्य कोरोना भाइरस र लकडाउनले अहिलेसम्म धकेलिएको थियो ।
आजको स्थायी कमिटी बैठकमा यी मुद्धाले औपचारिक रुपमै प्रवेश पाईसकेको छ । आजको वैठकमा बोल्ने दाहाल, नेपाल, खनाल सहित एक दर्जन उच्चस्तरका नेताहरुले ओलीको राजीनामा बाहेक अर्को समस्याको समाधान नभएको जोडदार रुपमा कुरा उठाएका छन् । दाहालले त असार भित्रै ओलीले राजीनामा गर्नुपर्ने र माधब नेपालले प्रधानमन्त्री र पार्टी अध्यक्ष आँफुले चलाउन लविङ शुरु गरिसकेका छन् । आजै विहान माधब नेपाल पक्षका नेताहरुलाई भेटेर दाहालले माधव जी प्रधानमन्त्री हुने आँफु पार्टीको एकल अध्यक्ष हुने वताइसकेका छन् । नेपाल पक्षले ओलीको वर्हिगमनका लागि दाहालका हरेक प्रस्ताव स्वीकार्ने निर्णय गरिसकेको छ । प्रचण्ड र नेपालको भेटमा भएको कुराकानीमा ओलीलाई पार्टीको अभिभावक सल्लाहकारमा राखेर अघि बढ्नुको विकल्प नभएको आन्तरिक सहमति (दाहाल–नेपाल विच) भएको छ ।
अर्को कुनै ठुलो घटना घटेन भने संभवत असार भित्र सत्तारुढ नेकपाको नेतृत्वमा केहि वदलाव, सरकार परिवर्तन हुने संकेत देखिएको छ । अर्को संभावना भनेको केपी ओली पक्षधर संयम हुन सकेन र दाहाल–नेपाल समुह जस्तै आक्रमक रुपमा उत्रियो भने सरकार परिवर्तनसंगै सत्तारुढ नेकपा फुट्नेछ । यी संभावनाका संकेतहरु नेकपा स्थायी कमिटीका केहि दिनदेखि जारी बैठकबाट छरपस्ट वाहिर आइरहेका छन् ।
(बरिस्ठ पत्रकार त्रिपाठीले समसामयिक बिषयमा खरो रुपले कलम चलाउंदै आएका छन ।)