• २०८३ भाद्र २२ गते सोमवार

भिरबाट लडेर बालिकाको मृत्यु

राजेन्द्र बहादुर रोकाया पढ्न लाग्ने समय : १ मिनेट

जेठ १७, बाजुरा । बडिमालिका नगरपालिका १ मा भिरबाट लडेर १३ बर्षिया बालिकाको मृत्यु भएको छ । बडिमालिका नगरपालिका १ को जाल्पादेबी माबि कक्षा ८ मा अध्यानरत १३ बर्षिया बालिका बालिकाको भिरभाट लडेर मृत्यु भएको हो।

हिजो घाँस काट्नको लागी गाउ नजिकैको सातुगाड जंगलमा गएको समयमा भिरमाबाट लडेर मृत्यु भएको बडिमालिका नगरपालिका एक का वडा अध्यक्ष रामबहादुर कार्कीले जानकारी दिनुभएको छ । उहाँका अनुसार हिजो दिनमा घाँस काट्न गएको र आफन्तले राती मात्रै मृत्यु भएको अबस्थामा बालिकालाइ फेला पारेको बताउनुभयो ।

Sharing

प्रतिक्रिया दिनुहोस