• २०८३ जेष्ठ २८ गते बिहिवार

आजको मौसम : पहाडी भू-भागका एक-दुई स्थानहरुमा क्षणिक वर्षा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत २८, काठमाडौं । आज दिउँसो देशको पहाडी भू-भागमा आँशिक देखि सामान्य बदली रही एक-दुई स्थानमा मेघ गर्जन र चट्याङ र हावाहुरी सहित क्षणिक वर्षाको सम्भावना रहेको छ। यस्तै राती देशको पश्चिमी भू-भागमा आँशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। पश्चिमी पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जनरचट्याङ र हावाहुरी सहित क्षणिक वर्षाको सम्भावना रहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशका पश्चिमी भू-भाग तथा पहाडी भू-भागका थोरै स्थानमा आँशिक बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ भने हाल देशमा स्थानिय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

मौसम पूर्वानुमान महाशाखाले देशको पहाडी भू-भागका एक-दुई स्थानहरुमा मेघ गर्जन र चट्याङ र हावाहुरी सहित क्षणिक वर्षा हुन सक्ने देखिएकोले सामान्य सतर्कता अपनाउन हुन अनुरोध गरेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस