बैशाख १८, झापा । कनकाई नगरपालिका ७ बस्ने १६ वर्षीय निश्चल राईलाई ५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ ।
राईले बालिकालाई ललाइ फकाई नजिकैकोकुखुरा फर्मको दाना राख्ने कोठामालगि जबरजस्ती करणी गरेको भन्ने सुचनाका आधारमा ईलाका प्रहरी कार्यालय सुरुङगाबाट खटिएको प्रहरीले बुधबार बेलुका उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।