• २०८३ असार २ गते मङ्गलवार

युवा नेता पौडेल भन्नुहुन्छ “कोरोना भाईरस नै ओली सरकारले ल्याएको भन्ने हिसाबमा केहि मिडिया लागे”

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत्र १७, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को युवा संगठन राष्ट्रिय युवा संघका वरिष्ठ नेता किरण पौडेलले विश्वमा महामारिको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड–१९)लाई प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्वको सरकारले नै ल्याएको जस्तो गरी केही व्यक्ति तथा मिडियाहरु लागि परेको भन्दै कडा रुपमा आक्रोश व्यक्त गर्नुभएको छ ।

कोरोना भाइरसको संक्रमणलाई रोक्न तथा नियन्त्रण गर्न नेपाल सरकारले चीन सरकारसँग स्वास्थ्य सम्बन्धी उपकरणहरु खरिद प्रकृयामा भ्रष्टाचार भयो भनि टिका टिप्पणी भइरहेको सन्दर्भलाई लक्षीत गर्दै नेता पौडेलले स्पष्ट पार्नुभएको छ ।

उहाँले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा उक्त आक्रोश पोख्नु भएको हो ।

Sharing

प्रतिक्रिया दिनुहोस