• २०८३ बैशाख १४ गते सोमवार

खबर 24 नेपाल र एबिसी संचारको टिमले दिनरात खट्ने सुरक्षाकर्मीलाई पानी र चाउचाउ वितरण

सागर थापा पढ्न लाग्ने समय : १ मिनेट

चैत १७, नेपालगन्ज । बिश्वमा कोरोनाको त्रास फैलिएको छ बिश्व भरका सम्पुर्ण देशहरुलाई भयभित बनाएको कोरोना विरुद्धमा खबर 24 नेपाल र एबिसी संचार को ५. नम्बर ब्युरो टिमले सोमबार नेपालगन्जमा समाजिक कार्य गरेको छ ।

कोरोना विरुद्ध खबर 24 नेपाल र एबिसी संचार ले बाँके जिल्लाको नेपालगन्जमा आम जनताको सुरक्षामा दिनरात नभनि खटिएका नेपाल प्रहरी, सशस्त्र प्रहरी, ट्राफिक प्रहरी, नेपाली सेना तथा सडकका गरिब दुखी लगायतलाई बिस्कुट पानी चाउचाउ जुस वितरण गरिएको एबिसी संचार ब्युरो पाँच नम्बर ब्युरो प्रमुख महेन्द्र सिंहले जानकारी दिनुभयो । कोरोनाको जोखिम सर्व प्रथम सुरक्षाकर्मीहरु रहेको हुनाले थप वितरण कार्य जारी राख्ने ब्युरो प्रमुख सिंहले बताए ।

Sharing

प्रतिक्रिया दिनुहोस