• २०८३ बैशाख ४ गते शुक्रवार

बाजा गाजा जस्तै घन्कियो, “केपि तिम्रो पाराले, दुःख पाए साराले”

खड्क सुनार पढ्न लाग्ने समय : २ मिनेट

पौष १४ मुगु । गत पुस ५ गते प्रधानमन्त्री केपि शर्मा ओलिले संसद विघटन गरे संगै यति बेला देशभर आन्दोलन भईरहेका छन । मंगलबार मुगु सहित कर्णाली प्रदेशका जिल्लाहरुमा पनि संसद विघटनको विरोधमा सत्ता पक्षकै नेकपा प्रचण्ड माधव नेपाल सर्मथक नेता तथा कार्यकताले संसद पुन स्थार्पानको माग गदै विरोध गरेका हुन ।
प्रधानमन्त्री केपीशर्मा ओलीले संसद विघटन गरेर नेपाली जनता र नेपालमाथि ठूलो विश्वास घात गरेको जनताको अभिममतलाई लात हानेको विषयमा पछिल्ला केहि दिन निरन्तर रुपमा विरोध प्रर्दशन भईरहेका छन ।
सोमबार संसद पुनस्थापनाको मागगदै देशैभर नेपाली कांग्रेसले विरोध गरेको थियो भने मंगलबार सत्तापक्ष नेकपा प्रचण्ड माधव नेपाल सर्मथक नेता तथा कार्यकताले संसद पुन स्थार्पानको मागगदै विरोध प्रर्दशन गरेका छन ।
सविधानको बखिलापगदै प्रधानमन्त्रीले गरेको संसद विघटनको कदमले नेपाली जनताको विकास, समृद्धि र स्थिरताको चाहना माथि कुठारा घात भएको दाबीनेकपा सत्तापक्षका नेता तथा कार्यकताले बताउदै आएका छन । संसद विघटनपछि संसदमा देश र जनताको पक्षमाआवाज उठाउने सांसदको अधिकार कटौती भएपछि सडकमै आएर जनताको आवाज उठाउनुपर्ने अवस्थाआएको सत्तापक्षका नेता तथा कार्यकता बताउछन । जनताको जनमतको कदर नगर्ने र भ्रष्टहरुको साथमा असंबैधानिक कदम उठाउन प्रधानमन्त्री ओली र राष्ट्रपतिलाई जनताले माफि नदिने नेकपा मुगुका अध्यक्ष सुकविर बुढाले बताए । उनका अनुसार न्यायलयले जनताको पक्षमा निर्णय गर्ने छ । यति न्यायलयले पनी सविधानको बखिलाप गरी संसद पुन स्थापना नभए जन्ताले अझै सशक्त रुपमा सडक संर्घषका कार्यक्रम अगाडी बढाउने अध्यक्ष बुढाले बताए ।
सम्बोधन कार्यक्रममा बोल्दै नेकपा केन्द्रिय सदस्यतथा कर्णाली प्रदेश सभा सदस्यचन्द्र बहादुर शाहीले ओलीले जनताको जनमतको अपमान गरे । संबिधान माथि कु गरे । त्यसको विरोधमा सडक माआएकाहौ ।नेकपा फुटेको छैन । हामि एकताको पक्षमा छौ । केपिले अझै तानाशाहा र अधिनायक वाद निम्ताउन खोजे र संसद पुनस्थापाना नभएको खण्डमा देश अस्थिरतातिर जाने भएकाले संसद पुन स्थापानाको पक्षमा देशभरी विरोध भएका र मुगुमा पनी विरोध प्रर्दशन गरेका सांसद शाहीले बताए । लिपुलेक लिम्पीया धुरामा भारतिय सेना हटाउ ,संसद पुनस्थापना गर, ओली मुर्दाबाद , केपि तिम्रो पाराले दुःख पाए साराले जस्ता नारा लगाउँदै सडकमा उत्रिएका प्रचण्ड नेपाल पक्षका कार्यकर्ताले सदरमुकाम गमगढीमा प्रर्दशन गरी बजार परिक्रम गरी कृष्णचोकमा कोण सभा गरेका थिए ।
कोण सभामा बोल्ने अधिकांस नेता तथा कार्यकताले यो सरकार निरकुस शैलीमा अघि बढेकाले बाध्यभएर सडक संघर्षका कार्यक्रम गर्नुपरेको बताएका थिए । संसदपुन स्थापना नभए सरकारले अझै ठुलो क्षेत्ति ब्यहोरनु पर्ने नेकपा प्रचण्ड माधव नेपाल समुहका कार्यकताले बताएका छन ।

Sharing

प्रतिक्रिया दिनुहोस