पुस १४, रुपन्देही । नेपाल कम्युनिस्ट पार्टी नेकपा ले संसद विघटन को विरोधमा मङ्गलबार देशभर प्रदर्शन गरेको छ। प्रदर्शनकै क्रममा आज लुम्बिनी प्रदेश अन्तर्गत रुपन्देहीको बुटवलमा विरोध प्रदर्शन गरेको छ।
हजारौंको सङ्ख्यामा नेकपा प्रचण्ड, नेपाल समूहका कार्यकर्ताद्वारा आज प्रदर्शन भइरहेको छ। बुटवलमा भएको आजको बिरोध सभालाइ नेकपाका स्थायी समिति सदस्य घनश्याम भुसालले सम्बोधन गरेका छन्।
सम्बोधनका क्रममा नेता भुसाल भन्छन्, अब कुनै पनि हालतमा संबिधानलाई मर्न दीईनेछैन। प्रधानमन्त्री केपि शर्मा ओलीले संबिधानको गला नै अठ्याएका छन्। अब हामीले जसरी पनि संसद पुनःस्थापना गरेर संविधान बचाँउनु पर्ने दिन आएको छ, भन्दै सबैलाई संसद पुनःस्थापनाका लागि कदम बढाउन अपील गरेका छन्।