• २०८३ बैशाख २७ गते आइतवार

उपचार खर्च तिर्न नसक्दा एक मजदुर अस्पतालमै बन्धक

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

पुष १४, गुल्मी । जनताले अत्याधिक मत दिएर विश्वास गरेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जसलाई सर्वहारा मजदुरका नेता र पार्टी भनेर चिनिन्छ । सोही पार्टी दुई समूहमा विभाजन भई कोही सत्तामा त कोही सडक आन्दोलनमा छन् ।

यस्तो अवस्थामा दुर्घटनामा घाइते भएका एक जना मजदुर उपचार खर्च तिर्न नसकेर अस्पतालमै बन्धक बनेका छन् । गुल्मीमा केही दिनअघि अटो दुर्घटनामा परेका रेसुंगा नगरपालिकाका सुनिल विक पाल्पाको प्रभास अस्पतालमा पैसा तिर्न नसकेपछि बन्धक बनेका हुन् । उनले तम्घासका ब्यबसायी पृतम क्षेत्रीको नेटमा तारजाली बिच्छाउने काम गर्थे । दिनभर काम गरेर उनी साँझ फर्कने बेला रेसुंगा नगरपालिका १३ मा पुष ३ गते दुर्घटनामा परेका थिए । गम्भीर घाइते भएका उनलाई उपचारको लागि लुम्बिनी मेडिकल कलेज पाल्पा प्रभास पु¥याइएको थियो । उपचारपछि अस्पतालले विकलाई आइतबार डिस्चार्ज गरेको थियो ।

तर, उपचार गरेको तीन लाख १५ हजार रुपैयाँ तिर्ने क्षमता विक परिवारको नहुदा अस्पतालले डिस्चार्ज गरेपनि घर आउने अवस्था छैन । उपचार खर्च नतिरेसम्म अस्पतालले निकस्न नदिएको बुबा सहबिर बिकले गुनासो गरे । उपचार खर्च बुझाउन नसकेर अस्पतालकै बन्दक बन्ने भएपछि विकले जिल्लामा सहयोगको लागि सबै पक्षसँग याचना गरिरहेका छन् । बिरामीलाई मंगललबार बिहानसम्म ननिकाले दैनिक बेडको १५ सय चार्ज लाग्ने अस्पतालले आफुहरुलाई जानकारी दिएको उनले बताए ।

काम गरेर फर्कदै गरेका विक दुर्घटनामा परेर अस्पतालमै अलपत्र परेपछि सोमबारदेखि जिल्लामा मजदुरहरुले सहयोग संकलन गरिरहेका छन् । निर्माण मजदुर हकहित संरक्षण समिति नेतृत्वमा २७ हजार ५ सय संकलन गरेर परिवारलाई प्रदान गरिएको समितिका सल्लाहकार भुवन रानाले जानकारी दिए । उनलाई बिद्यालयमा प्रधानध्यापक प्रेमनारायण भण्डारीले बिद्यालयमा उठाएर ५४ हजार ५ सय हजार पठाएका छन् । घाइते बिकले काम गर्ने कम्पनीका व्यावस्थापक पृतम क्षेत्रीको सोमबार ३५ हजार पठाएको जानकारी दिए । प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले पाल्पा र अस्पतालसंग समन्वय भइरहेकाले केही उपाय नभए मंगलबार सरोकारवालासंग सहयोेग जुटाएर भएपनि उद्दार गर्ने बताइन् ।

अटो दुर्घटनामा चालक रेसुंगा नगरपालिकाका राना र सुरज विकको मृत्यु भएको थियो, भने रेसुङ्गा नगरपालिकाका रमेश खत्री, रोशन परियार र सुनील विक घाइते भएका थिए । गुल्मी दरबार गाउँपालिकाको गैँडाकोटबाट तम्घासतर्फ आउँदै गरेको लु १ ह २७४३ नम्बरको अटो अनियन्त्रित भएर दुर्घटनामा परेको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस