मंसिर १४, काभ्रे । बागमती प्रदेश सरकारको बजेटबाट निर्माण भएको प्रहरी चौकी फलाँटे काभ्रेपलाञ्चोकको नव-निर्मित भवनको बागमती प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जम्कटेलले उद्घाटन गर्नु भएको छ ।
उदघाटन कार्यक्रममा बागमती प्रदेश सभा सांसद लक्ष्मण लम्साल, भुम्लु गाउँपालिकाका अध्यक्ष गुमान ध्वज कुवँर, बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका कार्यालय प्रमुख प्रहरी नायब महानिरीक्षक बसन्त कुमार लामा, संघिय प्रहरी ईकाई कार्यालय काभ्रेका कार्यालय प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक उमेश राज जोशी, जिल्ला कार्यालय प्रमुख प्रहरी उपरीक्षक रवि कुमार पौडेल, भुम्लु गाउपालिकाका उपाध्यक्ष कल्पना श्रेष्ठ, काभ्रे जिल्लाका सुरक्षा निकायका प्रमुख, वडाअध्यक्षहरु, राजनैतिक दलका प्रतिनिधि, पत्रकार, नागरिक समाज, बिभिन्न संघ संस्थाका प्रतिनिधि तथा स्थानिय भद्र भलादमी समेतको उपस्थिती रहेको थियो ।