मंसिर १४, चितवन । संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले भरतपुर विमानस्थलको निरिक्षण गर्नु भएको छ । उहाँले भरतपुर विमानस्थलको विस्तारका लागि स्थलगत निरिक्षण गर्नु भएको हो ।

उहाँले विमानस्थल नजिकै रहेको नेपाली सेनाको गणको पनि निरिक्षण गर्नु भएको हो । उहाँका साथमा प्रतिनिधिसभा सदस्य कृष्णभक्त पोखरेल, प्रदेश सभा संसद कृष्ण खनाल, विजय सुवेदी नेपाल, भरतपुर महानगरपालीका प्रमुख रेणु दाहाल, नागरिक उड्डयन प्राधिकरणका प्रमुख राजन पोखरेल समेतले स्थलगत निरिक्षण गर्नुभएको संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईको स्वकिय सचिव प्रेम गुरागाईले जानकारी दिनभयो ।
